कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा

cp new add
Nisharg hospital

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । पश्चिम नेपालको कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा कञ्चनपुरको भम्का स्थित हनमाननगर स्टेशनमा सबैभन्दा धेरै १४१.४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै डडेल्धुराको डडेल्धुराको गाईबान्ने स्टेशनमा १२७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएकमो छ । उता तराईको सिरहामा पनि भारी वर्षा भएको छ, जहाँ ९० मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।

धेरै वर्षा भएका स्थानमा रहेका नदी तथा खोलाका तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले सतर्क रहन सरोकारवालाले सचेत गराएका छन् ।

आइतबार राति काठमाडौं उपत्यका लगायतका क्षेत्रमा पनि वर्षा भएको थियो । वर्षाका कारण राति यहाँका हनुमन्ते, बागमतीलगायतका खोलामा बाढी आएको थियो । हनुमन्तेको बाढीले राति खतराको तह पार गरेको थियो अहिले भने वहाब घटेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...