
काठमाडौं । आइतबार दिउँसो दिल्लीको सत्य निकेतन क्षेत्रमा एउटा भवन भत्किएको छ। मोती बागको शिव मन्दिर नजिकै भवन भत्किएको हो। धेरै मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार,दिल्ली अग्निशमन विभागलाई दिउँसो १:३० बजे भवन भत्किएको बारेमा जानकारी प्राप्त भएको थियो। जानकारी पाएलगत्तै अग्निशमन टोलीहरू घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेका थिए।
हाल भग्नावशेषमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ।दुर्घटनामा कति जना प्रभावित भए भन्ने आधिकारिक जानकारी अझै खुलाइएको छैन। समाचार एजेन्सी पीटीआईका अनुसार,अग्निशमन विभागका एक अधिकारीले घटनास्थलमा पाँचवटा दमकल र प्रहरी टोली पठाइएको र उद्धार कार्य जारी रहेको बताए।
भारतीय कांग्रेसको विद्यार्थी संगठन स्टुडेन्ट्स युनियन अफ इन्डिया (एनएसयुआइ)ले उक्त भवनको भत्नावेशमा दिल्ली विश्वविद्यालयका केही विद्यार्थी फसेको बताएको छ।
एनएसयूआईले विद्यार्थी र सर्वसाधारणको सुरक्षामा कुनै पनि किसिमको लापरबाही सह्य नहुने भन्दै डीयू प्रशासन र सरकारले तत्काल युद्धस्तरमा उद्धार तथा राहत अभियान सञ्चालन गर्न माग गरेको छ। घटनाको क्षतिको विवरण आउन बाँकी छ।

