तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

cp new add
Nisharg hospital

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो ।

आज बिहान नामरुङस्थित थेराङ खोलामा बाढी आउँदा यस क्षेत्रमा पदमार्ग, होटल, जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले चुमनुव्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुल समेत बगाएको प्रशासनले जनाएको छ ।

‘मिति २०८३ भदौ २१ गते बिहान करिब ३:३० बजे चुमनुव्री गाउँपालिका–४, नामरुङस्थित थेराङखोलामा बाढी आई चुमनुव्री गाउँपालिका-४ र २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुल समेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्ग यात्राको तयारी अवस्था वा यात्रामा रहनुभएका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...