आफूले दुरुपयोग गरेको झलझली सम्झेर ओलीले राहत कोषमा पैसा दिएनन्’ : अधिवक्ता स्वागत नेपाल

cp new add
Nisharg hospital

भोटेकोसी बाढीपीडितको राहत कोषमा एमालेले रकम जम्मा नगर्ने निर्णय पछाडि ओलीको आफ्नै धमिलो विगत दोषी रहेको अधिवक्ता स्वागत नेपालकले दाबी गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अधिवक्ता स्वागत नेपालले गम्भीर आर्थिक र नैतिक प्रश्न उठाउँदै कडा प्रहार गरेका छन्। भोटेकोसी बाढीपीडितका लागि सरकारको ‘प्रधानमन्त्री राहत कोष’मा एमालेको तर्फबाट रकम जम्मा नगर्ने निर्णय हुनुका पछाडि ओलीको आफ्नै विगतको ‘दुरुपयोगको अनुभव’ जिम्मेवार रहेको सनसनीखेज दाबी नेपालले गरेका छन्।

ओलीको कार्यशैली र नियतमाथि प्रश्न उठाउँदै अधिवक्ता नेपालले भने, “आफू प्रधानमन्त्री भएको बेलामा पीडितहरूका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम कसरी दुरुपयोग गर्थें भन्ने उहाँलाई राम्रोसँग थाहा छ। अहिले पनि त्यस्तै होला भन्ठानेर उहाँले प्रधानमन्त्री राहत कोषमा आफ्नो पार्टीका तर्फबाट पैसा जम्मा नगर्ने निर्णय गराउनुभएको हो।”

राहत कोषको रकम दुरुपयोगमा ओलीलाई ‘अनुभवी’ को संज्ञा दिँदै उनले अगाडि थपे, “उहाँ यसको राम्रो अनुभवी हो। प्रधानमन्त्री राहत कोषमा आएको रकम उहाँहरूले दुरुपयोग गर्नुहुन्थ्यो। अहिले पनि आफ्नै पालामा जस्तै दुरुपयोग होला भनेर नगर्नुभएको हो, यसबाहेक अर्को कुनै पनि कारण छैन।”

अधिवक्ता नेपालका अनुसार प्रगतिशील मानिसले सधैँ अनुसन्धान र भविष्यको सम्भावनाका बारेमा बोल्छन्, तर ओलीको बोली र निर्णयमा केवल ‘नराम्रो विगतको अनुभवू मात्र झल्किएको छ। आम नागरिकलाई ओलीको यो कदम पछाडिको वास्तविक रहस्य बुझ्न आग्रह गर्दै उनले भने, “प्रधानमन्त्री भइसकेको मान्छेले राहत कोषमा सहयोग गर्दिनँ भन्नुको एउटै अर्थ हो— आफू कुर्सीमा हुँदा राहत कोषको रकम दुरुपयोग गरेको झलझली सम्झिनु। ‘त्यहाँ त दुरुपयोग हुन्छ, म हुँदा भएको थियो, त्यसैले म पनि दिन्नु भन्ने ओलीको मानसिकतालाई नागरिकले गम्भीरताका साथ बुझ्न जरुरी छ।”

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...