कञ्चनपुर र कैलालीबाट भन्सार छलीका ९ लाखभन्दा बढीका सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ९ लाख ६ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका चिनी, साडी, सुटपिस, थानकपडा, बिस्कुट, किरानालगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको हो। प्रहरीका अनुसार बरामद गरिएका सामानको अन्दाजी मूल्य ८ लाख १५ हजार ७ सय रुपैयाँ रहेको छ। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–९ बंग्राकटानबाट पनि भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको छ। अस्थायी प्रहरी पोस्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार बेवारिसे अवस्थामा कटन कपडा, लेहेङ्गा, पेटिकोट कपडा, साडीको बुट्टा, जरी, माला, सिसाको सिक्कालगायतका सामान फेला पारेको हो। बरामद सामानको अन्दाजी मूल्य ९० हजार ५ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त सामान पनि आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर र कैलालीबाट बरामद भएका सामानको कुल अन्दाजी मूल्य ९ लाख ६ हजार २५० रुपैयाँ रहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...