भ्रामक सूचना फैलाउने’ कानुनमन्त्री गौतमलाई कारबाही गर्न रविलाई चुनौती

cp new add
Nisharg hospital

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माग गरेका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले रास्वपा सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्ताले गलत तथा भ्रामक सूचना फैलाए कारबाही गर्ने घोषणा गरेको स्मरण गराउँदै मन्त्री गौतमलाई कारबाही गर्न चुनौती दिए।

उनले राष्ट्रिय सभाले कुन दिन र कहिले कानुन निर्माणमा अवरोध गरेको हो, त्यसको विवरण सार्वजनिक गर्न मन्त्री गौतमलाई चुनौती दिए। कर्णले भने, ‘म रवि लामिछानेलाई सोध्न चाहन्छु, अब मन्त्रीलाई कारबाही कहिले गर्ने हो ?’ उनले जिम्मेवारी पूरा गर्न नसके मन्त्रीले राजीनामा दिनुपर्ने बताए।

एमालेकी सांसद रामकुमारी झाँक्रीले पनि मन्त्री गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारले राष्ट्रिय सभामा कति कानुन दर्ता गर्‍यो, प्रतिनिधि सभाबाट कति विधेयक आए र राष्ट्रिय सभाले कति कानुनमा काम गर्‍यो भन्ने विवरण सार्वजनिक गर्न माग गरिन्।

तथ्यबिना राष्ट्रिय सभालाई दोष लगाएर सरकारले आफ्नो अयोग्यता छोप्न नमिल्ने भन्दै झाँक्रीले मन्त्रीले गलत सूचना फैलाएको भए कारबाही गर्नुपर्ने बताइन्। उनले मन्त्री गौतमलाई संसद्मै सार्वजनिक माफी माग्न लगाउन राष्ट्रिय सभा अध्यक्षसँग रुलिङको मागसमेत गरिन्।

जेनजी दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो पार्टीको बहुमत नभएका कारण काम गर्न नसकेको र कानुन निर्माणमा अवरोध भएको अभिव्यक्ति दिएकी थिइन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...