
धनगढी । सरकारले वरिष्ठ सहसचिव उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । बढुवा गरेसँगै खत्रीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवा सिफारिस समितिको सिफारिसका आधारमा खत्रीलाई सचिवमा बढुवा गरेको हो। बढुवा गर्दै उनलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि जनाइएको छ ।
अहिले सुदूरपश्चिम सरकारको प्रमुख सचिवमा बैकुण्ठ प्रसाद अर्याल छन् । तत्कालीन कमलबहादुर शाह नेतृत्वले ल्याएको बजेट फेल भएपछि सुदूरपश्चिम अहिले बजेट विहीनताको अवस्थामा छ । बजेट निर्माणकै बेला प्रदेशको प्रशासनिक नेतृत्व भने परिवर्तन भएको हो ।

