कल सेन्टरमा नेपाल प्रहरीको छापा, ठगी आरोपमा डेढ सय युवायुवती पक्राउ

kmc

८ साउन, बुटवल । ठगी धन्दा चलाएको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका२ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।

suklaphata

जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...