सुन भन्दै एक करोड ३९ लाखभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

cp new add
Nisharg hospital

काठमाडौँ । सुनजस्तो देखिने पहेँलो धातु देखाएर पटक–पटक गरी एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौँको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन् ।

प्रहरी टोलीले टोखा नगरपालिका–९ मिलनटोलस्थित एक अतिथि गृहबाट उनलाई पक्राउ गरेको हो। उनको साथबाट सुनजस्तो देखिने ८५६ ग्राम पहेँलो धातुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापा मगर जबर्जस्ती करणीसम्बन्धी कसुरमा कैद सजाय भोगिरहेका व्यक्ति रहेको र २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेकोसमेत खुलेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...