
डोटी । डोटीको शिखर नगरपालिका–५, रुडीगाडस्थित खोला किनार नजिकको ओडारमा लुकाईछिपाई राखिएको एकनाले भरुवा बन्दुक बरामद भएको छ।
प्रहरी चौकी तलकोट, डोटीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ उक्त बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।
बरामद गरिएको बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

