बझाङका जप्रेलको हत्या, एक जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । बझाङमा कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई गत २२ गते साँझ सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते झलकको धनगढीस्थित केयर टेकर अस्पतालमा उपचार भइरहेको थियो। उनलाई बुधबार बिहान ७ः५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

कुटपिटमा संलग्न लोकेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...