
धनगढी । कैलाली र बझाङबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन्।
कैलालीको जानकी गाउँपालिका–७ उच्चा गोलौरीबाट २ ग्राम ८३० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थसहित २९ वर्षीय वीरबहादुर चौधरी र १८ वर्षीय किशोर पक्राउ परेका छन्।
त्यस्तै, बझाङको बित्थडचिर गाउँपालिका–८ रुपैलबाट १ किलो ९९ ग्राम चरेसजस्तो देखिने पदार्थसहित ६१ वर्षीय सिंग धामी र जीप चालक ३२ वर्षीय नरेन्द्रकुमार ऐडी पक्राउ परेका छन्। प्रहरीले धामीले झोलामा लुकाएर राखेको उक्त पदार्थसहित जीपसमेत बरामद गरेको छ।
दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

