
धनगढी । अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई कैलाली र कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।
कैलालीमा लागूऔषध मुद्दामा एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका–१० पहलमानपुरका ४० वर्षीय नरबहादुर घिमिरेलाई इलाका प्रहरी कार्यालय सुखडको टोलीले शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुरमा बहुविवाह मुद्दामा १ वर्ष १० महिना २८ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका कृष्णपुर नगरपालिका–१ का २५ वर्षीय बलबहादुर वली तथा लागूऔषध मुद्दामा ४ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१८ भगतपुरका २७ वर्षीय प्रतीक कुँवरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको छ ।

