२४ वर्षदेखि चितवनमा देखिँदै आएको ‘रोनाल्डो’ हात्ती मृत फेला

cp new add
Nisharg hospital

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र वरपपर रहने जंगली भाले हात्ती ‘रोनाल्डो’ आज बिहान मृत भेटिएको छ।

चितवनको मध्यवर्ती क्षेत्र २० हजारी ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

थापामगरले हात्ती मृत फेला परेको बारेमा अनुसन्धान भैरहेको बताए । रोनाल्डो हात्ती २४ वर्ष अगाडि निकुञ्जमा देखिएको थियो ।

हात्ती प्रजनन् केन्द्रमा रहेका पोथी हात्ती रोनाल्डो हात्तीबाट नै गर्भवती हुँदै आएका थिए । रोनाल्डो ३८ वटा छावाको बाबू भएको निकुञ्जले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...