चीनको औपचारिक भ्रमण पुरा गरी प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

cp new add
Nisharg hospital

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन्। भ्रमण पूरा गरी फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए। त्यसका साथै उनले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) लगायत विभिन्न चिनियाँ सैनिक तालिम तथा शिक्षण संस्था एवम् एकाइहरूको निरीक्षण भ्रमणसमेत गरे।

बेइजिङमा आयोजित तेह्रौँ बेइजिङ सियाङसान फोरममा समेत उनले सहभागिता जनाएका थिए। यस प्रकारको उच्चस्तरीय भ्रमणले नेपाल र चीनबिच रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय एवम् सैनिक सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउन महत्त्वपूर्ण मद्दत पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...