नेपाललाई कुबाटोमा धकेल्न विभिन्न शक्ति सक्रिय छन् : ओली

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्न विभिन्न शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् ।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले बीबीसीले २१ फागुनमा सम्पन्न निर्वाचनको मौन अवधिमा झुटा सूचना सम्प्रेषण गरेर नेपाललाई गलत बाटोतर्फ धकेल्न खोजेको आरोप लगाए ।

ओलीले गत वर्ष भदौ २३ र २४ गते लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीलाई तोड्न षड्यन्त्रपूर्ण उपद्रव आयोजना गरिएको दाबी गरे । उक्त आन्दोलनमा को–को संलग्न थिए भन्ने कुरा खुल्दै गएको उनको भनाइ थियो ।

संविधान जारी भएयता अनेक चुनौती र आक्रमणको सामना गर्दै लोकतन्त्रको रक्षा तथा संविधानको कार्यान्वयन गर्दै आएको पनि उनले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...