ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

cp new add
Nisharg hospital

सिरहाको नरहा गाउँपालिका–३ रोजी मेडिकलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने साइकलयात्री घाइते भएका छन् ।

शनिबार बिहान करिब ७ः३५ बजे गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा नरहा–३ का ५०–५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका करिब ४५ वर्षीय राजातुल अन्सारी घाइते भएका छन् । उनका दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते अन्सारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक धनुषाको मिथिला नगरपालिका–९ का करिब २५ वर्षीय कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमाण्डमा खटिएको टोलीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...