अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

cp new add
Nisharg hospital

काठमाण्डौँ । रसुवा- भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता मजदुरमध्ये थप १८ जनाको शव फेला परेको छ ।

खोज तथा उद्धारका क्रममा दल्दुङ खोलास्थित अडिट–३ नजिक करिब १०० मिटरभित्रबाट शव निकालिएको प्रहरीले जनाएको छ । यसअघि बिहीबार ६ मजदुरको शव फेला परेको थियो ।

नेपाली सेना र आयोजनाका कर्मचारीले उद्धारकार्य जारी राखेका छन् । फेला परेका शवको पहिचान तथा सनाखत हुन बाँकी छ ।

बाढीका बेला सुरुङभित्र कति मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरणसमेत अझै खुल्न सकेको छैन । २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ आयोजना रसुवामा निर्माणाधीन छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...