कैलालीमा नहरमा १२ वर्षीय बालकको मृत्यु

cp new add
Nisharg hospital

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–७ तोरीपुरस्थित नहरमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–४ बलिया निवासी काले जैशीका छोरा भरत जैशी शनिबार साँझ नहरमा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा फेला परेका थिए ।

उनलाई उपचारका लागि बर्दगोरिया अस्पताल, बौनिया लगिएकोमा सोही राति उपचारका क्रममा मृत्यु भएको हो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...