कञ्चनपुरकी शिक्षिका पशुपति बम मृत्यु प्रकरणः श्रीमान पुर्पक्षका लागी थुनामा

cp new add
Nisharg hospital

धनगढी ।  कन्चनपुरको बेलौरीमा गत साउन २८ गते मृत अवस्थामा भेटिएकी शिक्षिका पशुपती बम जोशीका श्रीमान् हेमराज जोशीलाई पुर्पक्षका लागी थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ।

 

इलाका प्रहरी कार्यालय बलौरीका प्रमख प्रहरी निरिक्षक कमल प्रसाद चौधरीका अनुसार न्यायधिस महेन्द्र बहादुर थापाको शुक्रबारको इजलासले उनलाई पुर्पक्षमा राख्न आदेश दिएको हो भने मृतकका सासु ससुरालाई साधारण तारेखमा छोडेको छ।

“हामीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझाइसकेका छौ। अदालतको शुक्रबारको इजलासले मृतकका श्रीमानलाई पुर्पक्षका लागि थुनामा राख्न पनि आदेश दिइसकेको छ। मृतकका सासु पदमकला जैशी र ससुरा महारुद्र जैशीलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ।” प्रहरी निरिक्षक चौधरीले भने।

मृतक बमलाई घर परिवारले शारिरीक तथा मानसिक यातना दिएर मर्न बाध्य पारेको भन्दै माइती पक्षले आत्महत्या दुरुत्सहान मुद्दा दायर गरेका थिए। मृतक बम डोटीको बोगटान फुट्शिल गाउँपालिकामा रहेका एक विद्यालयकी शिक्षिका थिइन भने उनका श्रीमान जोशी बाग्लुङ स्थित एक विद्यालयका शिक्षक हुन। उनीहरुका २ सन्तान समेत छन।

मृतक बमको माइतीघर कैलाली स्थित धनगढीमा हो। उनीहरुको करिब १६ वर्ष अघि मागी विवाह भएको थियो। माइती पक्षका अनुसार आफुलाई ब्राह्मन जातकी बुहारी चाहिएको भन्दै मृतक बमकी सासु पदमकला जैशीले हिंसा गर्न सुरु गरेकी थिइन। मृतकका श्रीमान हेमराज जोशीले समेत जात मिल्ने गरी अर्को बिहे गर्छु भन्दै थप मानसिक यातना दिँदै आएका थिए।

एक महिना श्रीमान सँगै बस्ने भन्दै गत साउन १६ गते श्रीमान सँगै बाग्लुङ गएकी मृतक बम २४ गते नै धनगढी फर्किएकी थिइन। धनगढी स्थित माइतीघरबाट साउन २७ गते आफ्नो घर बेलौरी कन्चनपुर गएकी उनी २८ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन।
व्बलबप ायचधबचमभम बल ष्mबनभ

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...