press
po

नागरिकता विधेयकको विरोधमा राष्ट्रिय युवा संघ र अनेरास्ववीयुद्वारा राँके जुलुस

cp new add
Nisharg hospital
dhanga
Rubic

८ असार, धनगढी । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयुले नागरिकता विधेयकको विरोधमा धनगढीमा राँके जुलुससहित प्रर्दशन गरेको छ ।
राष्ट्रिय युवा संघ र अनेरास्ववीयुको उपमहानगर कमिटिले राँके जुलुससहित प्रर्दशन गर्दै प्रतिनिधिसभाबाट पारित गरिएको उक्त विद्येयक फिर्ता गर्न माग गरेको छ ।

sanjiwan
Nisharg

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि गरिएको प्रर्दशनका क्रममा उनीहरुले प्रदेश र संघीय सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर कमिटि अध्यक्ष अविशेक नाथ ‘लोक’ ले सरकारले प्रतिनिधिसभाबाट जबरजस्ती पारित गरेको विद्येयक राष्ट्रको हितमा नभएकाले माथिल्लो सदनबाट सरकारले सच्याउनुपर्ने बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

अनेरास्ववीयुका नगर कमिटि अध्यक्ष नितिश जोशीले पनि नागरिकता विद्येयकमा राखिएका राष्ट्रिय हित विरोधी पौवधान हटाएर राष्ट्रिय सभाले सुधार गर्दै पारित गर्नुपर्ने नभए धनगढीबाट सडक आन्दोलनको थालनी गर्ने चेतावनी दिए ।

HAMRO DAIRY

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नागरिकता सम्बन्धी विधेयक पारित गरेको थियो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २२ साउन २०७५ मा प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विद्येयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१ असारमा फिर्ता लिएर नयाँ नागरिकता विधेयक दर्ता गरेको थयो । सोही विद्येयकलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।

एमालेले ७ वर्षपछि मात्रै वैवाहिक अंगकृत नागरिकता दिनुपर्ने व्यवस्था राख्नुपर्ने माग गर्दै प्रतिनिधिसभामा संशोधन प्रस्ताव पेश गरेपनि बहुमतले अस्वीकृत भएको थियो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...