
धनगढी । कैलालीमा स्रोत नखुलेको चार लाख बढि नेपाली रुपैयाँसहित एक महिलालाई नियन्त्रणमा लिइएको छ ।
भजनी नगरपालिका–५ बस्ने अन्दाजी ४५ वर्षीया महिलालाई स्रोत नखुलेको चार लाख ३९ हजार अथात् २ लाख ७४ हजार ५८० भारतीय रुपैयाँ सहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म गुलरियाको टोलीले शंका लागेर जाँच गर्ने क्रममा भारततर्फ लैजाँदै गरेको अवस्थामा सो कमसहित महिलालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन भारतीकाअनुसार बरामद भारतीय रुपैयाँको नेपाली मूल्य करिब ४ लाख ३९ हजार ३२८ रुपैयाँ हुन्छ ।
नियन्त्रणमा लिइएकी महिलालाई बरामद रकमसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

