अमेरिकामा विद्यार्थीले भरिएको बसमा गोली चल्दा तीन जना मृत्यु

cp new add
Nisharg hospital
suchana

२९ कात्तिक, एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको मृत्यु भएको छ ।

युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो ।

आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ ।

गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...