७ वर्षीय बालक पौडिँदै श्रीलंकाबाट भारत पुगे, बनाए कीर्तिमान

cp new add
Nisharg hospital

भारत झारखण्डको राँची निवासी ७ वर्षीय ईशांक सिंहले श्रीलंकाबाट भारतसम्म पौडिएर विश्व कीर्तिमान कायम गरेका छन्। उनले तलाईमन्नारदेखि धनुषकोडीसम्मको २९ किलोमिटर दूरी ९ घण्टा ५० मिनेटमा पार गर्दै सबैभन्दा कम उमेरमा यस्तो उपलब्धि हासिल गर्ने पौडीबाज बनेका हुन्।

Nast Ad

उनको यस उपलब्धिलाई युनिभर्सल रेकर्ड्स फोरमले प्रमाणित गरेको छ। यसअघि यो कीर्तिमान जय जसवन्तको नाममा थियो, जसले १० वर्षको उमेरमा उक्त दूरी पार गरेका थिए।

कक्षा ३ मा अध्ययनरत ईशांकले धुर्वा बाँधमा दैनिक ४–५ घण्टा अभ्यास गर्दै प्रशिक्षक अमन जयसवाल र बजरंग कुमारको मार्गदर्शनमा सफलता हासिल गरेका हुन्।

उनको उपलब्धिप्रति केन्द्रीय राज्यमन्त्री संजय सेठले पनि बधाई दिएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...