ट्रकको ठक्कबाट स्कुटर चालकको मृत्यु

cp new add
Nisharg hospital

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीननम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई गएराति ११ बजे पछाडिबाट ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक मोरङका ३५ वर्षीय योगेन्द्र मगरको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...