भीरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु

cp new add
Nisharg hospital

वर्षासँगै भीरबाट खसेको ढुंगाले लाग्दा डोल्पामा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

ढुंगाले लागेर त्रिपुरासुन्दरी नगरपालिका–७, रावलबाडाका ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

उनी ३८ वर्षीय चन्द्ररूप केसीसँगै बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका बेला शुक्रबार (असोज ९) राति करिब ९ः४५ बजे वर्षासँगै भीरबाट ढुंगा खसेको प्रहरीले जनाएको छ ।

ढुंगा लागेर चन्द्ररूपको ढाडमा चोट लागेको छ । उनी ‘सामान्य’ घाइते भएका प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...