press
po

धनगढीमा बजार अनुगमन : बाल श्रमिकको प्रयोग नगर्न उपमेयर रानाको आग्रह

cp new add
Nisharg hospital
dhanga
Rubic

८ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा होटल, डेरी तथा किराना पसलमा अनुगमन गरेको छ । निड्स नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा उपमहमनगरपालिकाले आइतबार धनगढीको बसर्पाक क्षेत्रमा अनुगनमन गरेको हो ।

sanjiwan
Nisharg

अनुगमनका क्रममा महाबिर भोजनालयले बाल श्रमिक प्रयोग गरेर काम गराएको पाईएपछि सचेत गराइएको छ । उपमेयर कन्दकला रानाले भोजनालयका सञ्चालकलाई कानूनः बाल श्रमिकको प्रयोग गर्न नपाइने बताउँदै बालबालिकालाई काममा नलगाउन आग्रह गरिन् । रानाको आग्रहपछि भोजनालयका सञ्चालकले अनुगमन टोली समक्ष निज बालकलाई कामबाट हटाएर गल्ती सच्याउने प्रतिबद्धता जनाएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

उपमहानगरपालिकाको अनुगमन शाखाका प्रमुख योगेन्द्रबहादुर चन्दकाअनुसार महाबिर भोजनालयले भारतीय मूलका बालकलाई श्रमिकका रुपमा प्रयोग गरेको पाइएपछि सचेत गराइएको हो । अनुगमनका क्रममा उपमेयर रानाले महिला कामदारको हकमा होटल सञ्चालकलाई उनीहरुलाई शान्ति, सुरक्षाको प्रत्याभूती दिलाउन समेत आग्रह गरेकी छन् ।

HAMRO DAIRY

अनुगमन शाखाका प्रमुख चन्दकाअनुसार बसपार्कमा रहेको देउवा किराना पसलबाट भारतीय अवैध रुपमा आयात गरिएको दुई प्याकेट सुपर पावर र कमला पसन्ध नामक सुर्ती, म्याद नाघेको एक प्याकेट चकलेट लगायतका सामाग्री समेत बरामद गरिएको छ ।

सो क्रममा होटलहरुले बाल श्रमिक प्रयोग गरेको, कामदारलाई न्यून ज्याला दिइएको, मूल्य सूची नराखिएको, म्याद नाघेका सामाग्री बिक्रिका लागि राखेको पाइएको बताउँदै पहिलो पटक त्यस्ता पसल सञ्चालकलाई सचेत गराइएको अनुगमन शाखाका प्रमुख चन्दले बताए ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...