
कैलाली । झापाको बिर्तामोडमा सम्पन्न ‘मेची तेक्वान्दो इन्डो–नेपाल च्याम्पियनसिप–२०२६’ मा कैलालीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्णसहित ४ पदक जितेका छन् ।
असोज ९ देखि ११ गतेसम्म आयोजित प्रतियोगितामा कैलालीका प्रीति सिंह, दिपा जैसी र डिल्ली राज जोशीले स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै रितिस सिंहले रजत पदक हात पारेको प्रशिक्षक योगेन्द्र खोलाउलाले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल खेलाडीलाई प्रशिक्षक योगेन्द्र खोलाउलाले बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्ने शुभकामना दिए ।

