गाैरीगंगाका उपमेयर बम कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्दै

cp new add
Nisharg hospital

धनगढी । कैलालीको गाैरीगंगा नगरपालिकाका उपमेयर भाेजराज बम नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा उम्मेदवार भएका छन् ।

बमले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार दिएका हुन् ।

उनले खुल्ला पुरूष तर्फ उम्मेदवारी दिएका छन् ।
महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार बिहान ८ बजेदेखि अत्तरियामा मतदान हुँदैछ ।

बम २०४९ सालदेखि नेपाली कांग्रेसकाे क्षेत्रीय प्रतिनिधिमा निरन्तर चुनाव जित्दै आएका नेता हुन् ।

उनी नेविसंघकाे जिल्ला सदस्य, तरूण दलकाे जिल्ला सदस्य, कांग्रेसकाे क्षेत्रीय सदस्य हुँदै जिल्ला कार्य समिति सदस्य भएर काम गरिसकेका व्यक्ति हुन् ।

विभिन्न संघसंस्थामा सक्रिय बम राष्ट्रिय सहकारी महासंघकाे सञ्चालक भइसकेका छन् ।सहकारी मार्फत आर्थिक समृद्धिकाे लागि याेगदान गरेका छन् ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...