कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा छुट्टाछुट्टै घटनामा ९ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–९ पिपरियास्थित जानकी सामुदायिक वनबाट ७ ग्राम १९० मिलिग्राम पदार्थसहित स्थानीय ३४ वर्षीय अनिल राना र २२ वर्षीय हरि राम राना पक्राउ परेका हुन्।

उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवारको संयुक्त टोलीले सोमबार राति सु.प.प्र.०१–००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा चेकजाँच गर्दा पक्राउ गरेको हो।

त्यस्तै, बेलडाँडी गाउँपालिका–३ बलराम टोलबाट २ ग्राम ६७० मिलिग्राम पदार्थसहित बेलौरी नगरपालिका–९ अण्डैयाका २६ वर्षीय दिनेश डगौरा पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी झिलमिलाको टोलीले सोमबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...