धनगढीमा अचेत भेटिएका युवकको परिवार सम्पर्कमा

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा अचेत अवस्थामा भेटिएका युवकको परिवार सम्पर्कमा आएका छन्। धनगढी उपमहानगरपालिका–८ बस्ने ती युवकलाई परिवारले सोमबार साँझ नै घर लगेको जनाएको छ।

युवकका दाइ बताउने रोशन रावलले प्रेसपत्रलाई दिएको जानकारीअनुसार भाइलाई सोमबार साँझ नै घर ल्याइएको हो।

धनगढी उपमहानगरपालिका–८ स्थित पेट्रोल पम्पनजिक सोमबार साँझ करिब ७ः४५ बजे ती युवक अचेत अवस्थामा फेला परेका थिए। प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याएको थियो।

यसअघि प्रहरीले युवकको पहिचान नखुलेपछि आफन्त वा परिचितलाई जिल्ला प्रहरी कार्यालय कैलालीको १००, ९८५८४९०१२१ वा ९८५८४९०००० मा सम्पर्क गर्न अनुरोध गरेको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...