सुदूरपश्चिमको मौलिक कला, संस्कृति र प्रेमभाव बोकेको ‘मन रहेन बसमा’ सार्वजनिक

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिमको मौलिक कला, संस्कृति, प्राकृतिक सौन्दर्य र प्रेमभावलाई समेटिएको नयाँ देउडा गीत ‘मन रहेन बसमा’ सार्वजनिक भएको छ। पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत BIG Entertainmentको प्रस्तुतिमा तयार भएको हो।
गीतमा गोपाल दयाल र टीका पुनको स्वर रहेको छ भने शब्द तथा संगीत गोपाल दयालकै रहेको छ। मनोज परियारले मिक्सिङ तथा नारायण दंगालले एरेन्ज गरेका छन्।

सुरेन्द्र संगमको निर्देशनमा तयार भएको गीतको भिडियोमा जगत साउद र अस्मिता कुँवरले अभिनय गरेका छन्। भिडियोको छायांकन आदित्यविक्रम क्षेत्री र किशोर रिमालले गरेका हुन् भने मेकअप सरिता रावतले गरेकी छन्। भिडियो सम्पादन रमेश प्रसाद पाठकले गरेका छन् भने कलर ग्रेडिङ पीआर जोशीले गरेका छन्।

गीतको भिडियो सुदूरपश्चिमका विभिन्न पर्यटकीय तथा प्राकृतिक क्षेत्रलाई पृष्ठभूमि बनाएर छायांकन गरिएको छ। छतिवन, बुडर, गड्डाचौकी, माहाकाली, खानीडाँडा, सहजपुरलगायतका रमणीय स्थानमा गरिएको छायांकनले भिडियोको दृश्यात्मक आकर्षण थप बढाएको छ।माया–प्रेमको भावनासँगै सुदूरपश्चिमको मौलिक देउडा संस्कृति, प्राकृतिक सौन्दर्य र स्थानीय परिवेशलाई भिडियोमा प्रस्तुत गरिएको छ।  मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउँदै देउडा संगीतको पहुँच विस्तार गर्ने उद्देश्यले गीत निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।

गीत सार्वजनिक भएसँगै सुदूरपश्चिमको कला, संस्कृति, प्रेमभाव र पर्यटनलाई एकैसाथ उजागर गर्ने प्रयासका रूपमा ‘मन रहेन बसमा’लाई हेरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...