गणेश पराजुली संसदीय विशेष समितिको सभापति बन्ने निश्चित

cp new add
Nisharg hospital

काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा रास्वपा संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ ।

सभापतिमा उम्मेदवारी दिनका लागि तोकिएको मंगलबार अपराह्न ४ बजेसम्मको समयमा पराजुलीको मात्रै उम्मेदवारी परेको हो। यो सँगै उनी उक्त विशेष समितिको सभापति बन्ने पक्का भएको छ । संसदीय विशेष समिति सभापतिको लागि भोलि दिउँसो २ बजे निर्वाचन हुँदैछ ।

उनलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन् । प्रस्तावकमा नेपाली कांग्रेसका मोहन आचार्य छन् भने समर्थकमा नेकपा एमालेका पुष्पराज कँडेल, नेकपाका रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा र रास्वपाकी निशा डाँगी रहेका छन् ।

भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै असोज ५ गते प्रतिनिधि सभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो।

१५ सदस्यीय समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...