रानाथारु बस्तीमा तीज पर्वको रौनक, धनगढीमा उपमेयरसँगै डोलामा रमाए थारु महिला

cp new add
Nisharg hospital

८ साउन, धनगढी । कैलालीका रानाथारु बस्तीमा ‘तीज’ पर्वको रौनक छाएको छ । पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायले मनाउदै आएको तीज पर्व सुरु भएसँगै बस्तीमा रौनता छाएको छ ।

Nast Ad

रानथारु समुदायका महिलाहरुले वर्षेनी साउन महिनामा विशेष महत्वका साथ मनाउदै आएको तीज पर्व सुरु भएसँगै उनीहरुले बस्तीमा डोला (पिङ) हालेका छन् भने परम्परागत पहिरनमा सामूहिक रुपमा सजिएका रानाथारू महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन थालेका छन् ।

आइतबार धनगढी उपमहानगरपालिका–८ का थारु महिलाहरुले उपमेयर कन्दकला रानासँगै डोलामा रमाएका छन् । उपमेयर रानाले नै रिवन काटेर डोलाको उदघाटन गरेपछि थारु महिलाहरु केहीबेर उनीसँगै परम्परागत गीत गुनगुनाउदै रमाएका थिए । उपमेयरले पनि उनीहरुसँगै डोला खेलिन् ।

उदघाटन कार्यक्रममा बोल्दै रानाले रानाथारु समुदायमा मनाइने तीज पर्वको परम्परागत संस्कृतीको संरक्षण, संबद्र्धन र प्रबद्र्धनका लागि आफू प्रतिबद्ध भएको समेत बताएकी छन् ।

यो तीज पर्वमा विवाहित छोरीचेलीहरुलाई माइती घर बोलाएर मिठो मसिनो खुवाएर आपसमा रमाउने चलन थारु समुदायमा छ । निरहार ब्रत बसेर महिलाहरुले आफ्ना दाजुभाई तथा भतिजाहरुको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै आएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...