ससुराको हत्या आरोपमा बुहारीमाथि कर्तव्य ज्यान मुद्दा

cp new add
Nisharg hospital

जाजरकोटमा ससुराको हत्या आरोपमा बुहारी पक्राउ परेकी छन्। जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको हत्या आरोपमा उनकी माइली बुहारी शर्मिला शाही पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन ११ गते राति करिब ८ बजे गंगाराम आफ्नै घरको सिँढी नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट हत्यामा प्रयोग भएको हँसिया र खुुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा मृतकका जेठा छोरा राजकुमार शाहीले असोज ७ गते शर्मिलाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले शर्मिलालाई उनकै घरबाट पक्राउ गरी असोज ८ गते हिरासतमा लिएको हो।

जिल्ला अदालत जाजरकोटले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि शर्मिलालाई पहिलोपटक १० दिनको म्याद थप गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...