
काठमाडौं । चितवनको शक्तिखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका-९ शक्तिखोर सम्फराका ३८ वर्षीय मनिराज चेपाङ रहेका छन् । मंगलबार राति आफ्नै घरमा विद्युत् लाइनको काम गरिरहेको अवस्थामा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय क्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

