प्रधानमन्त्री देउवाले आज बैतडीको चुनावी सभालाई सम्बोधन गर्ने

cp new add
Nisharg hospital

३०कात्तिक, धनगढी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचारप्रसारका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदुरपश्चिम आएका हुन् ।

Telecome

बुधबार बैतडीको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन । उनले आज सत्ता गठबन्धले शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।

देउवाले दिउँसो १ बजे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । देउवासँगै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराजा भट्ट पनि बैतडी जाने बताइएको छ । भट्टले पनि चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव जोशीले बताए । यसअघि पनि देउवा बैतडीमा चुनावी सभालाई सम्बोधन गरेर गएका थिए ।

उनले आज बिहान साढे ११ बजे डडेल्धुराको अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम सम्बोधनपछि देउवा बैतडीको शिवनाथ जानेछन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...