
धनगढी । कैलालीमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको छ ।
गौरीगंगाा नगरपालिका –६ मोयामा रहेको भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय रहेका छन् । दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरा सिंह महराले जानकारी दिए ।
उनीहरुमाथी दलित समुदायका विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका र कार्यालय सहयोगीमाथि जातीय विभेद गरेको आरोपसहित कारवाही गर्न माग गरिएको छ ।
प्रहरीकाअनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई र दलित विद्यार्थीमाथि जातीय विभेद गरिएको अभियोग छ ।

