सुनचाँदीको मूल्यमा वृद्धी

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

हिजो बिहीबार स्थिर रहेको छापावाल सुनको मूल्य आज शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ ।

बिहीबार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ४ सय ५० मा किनबेच भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...