ओलीको कडा निर्देशन : ‘रिसाउने बानी घरको खोपामा राख्नुस्, जनताको सेवामा लाग्नुस्’

cp new add
Nisharg hospital

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूलाई रिसाउने बानी भए घरको खोपामा राखेर जनताको सेवामा लाग्न निर्देशन दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले केन्द्रीय सदस्य भएकाहरूलाई बधाई दिँदै भने, ‘पार्टीले तोकेको जिम्मेवारीमा जानुहुनेछ र जिम्मेवारी पुरा गर्न सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

उनले कहिलेकहिले पार्टीले धक्का खाने भन्दै फेरि उठ्न सकिने बताए । ‘हामी आदर्श व्यक्तिका रूपमा स्थापित हुनुपर्छ । गलत आनीबानी, आचरण लिँदै नलिनुस्’, अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेको आचरण पवित्र र शुद्ध हुनुपर्छ । बानी राम्रो हुनुपर्छ, र नमुनायोग्य हुनुपर्छ । मेरो त रिसाउने बानी छ भनेर नेता भएपछि पाइँदैन, रिसाउने बानी घरको खोपामा राख्नुस् ।’

कार्यक्रममा अध्यक्ष ओलीले असोज पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकमार्फत मनोनीत ३३ केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

शुक्रबार केन्द्रीय सदस्यको शपथ लिनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला र शान्तिलाल महत रहेका छन् ।

त्यसैगरी विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विष्टले पनि शुक्रबार नै शपथ लिएका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...