अछाममा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

spa1
Nisharg hospital

९ साउन, धनगढी । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

swostik

आइतबार राति १ बजेतिर घर पहिरोमा पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।

kailali model

गएराति १ बजेतिर पहिरो खसेको थियो । ओछ्यानमा सुतिरहेकाहरु पहिरोमा पुरिएका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...