एमाले उम्मेदवार जालिम विरुद्ध : कांग्रेसले दियो उजुरी

cp new add
Nisharg hospital

३० कात्तिक, वीरगञ्ज । पर्सा– ४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका कांग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका हुन् ।

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । उनले निर्वाचन आचार संहिता विपरित पहाडी समुदायलाई लक्षित गरेर गाली गलौज गरेकोले कानुन बमोजिम कारबाही गर्न माग गरेका हुन् ।

पहाडी समुदायलाई गाली गरेको भिडियो क्लिप सहित आयोगमा उजुरी गरिएको कांग्रेसका नेता राकेश यादवले जानकारी दिए ।

मियाको अभिव्यक्तिको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको उनले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...