विनोद चौधरीद्वारा समावेशी उपसभापतिमा उम्मेदवारी दर्ता

cp new add
Nisharg hospital

काठमाण्डौ । नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापति (समावेशीमा) पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उनले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।

नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ । यसैगरी, शंकर तिवारीले खुला महामन्त्री र महिला महामन्त्रीमा डिला संग्रौलाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको संशोधित विधान अनुसार सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।

त्यस्तै, महामन्त्री ३ जना रहने छन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै, सहमहामन्त्रीमा १५ जना रहने छन् । कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना हुनेछन् । प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् । केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहने छन् । महिला खुलामा १५ जना हुनेछन् । हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन् । साथै, उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ । त्यस्तै, दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन् ।

जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन् भने खस आर्यबार्ट ८ महिलासहित १८ जना हुनेछन् । मधेसीतर्फ पाँच महिलासहित १३ जना हुनेछन् । त्यस्तै, जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन् । पिछडिएको वर्गबाट ३ जना हुनेछन् । थारूबाट २ महिलासहित ६ जना रहेका छन् । श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन् ।

साथै, सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहने छन् । त्यस्तै, अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन् । केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनीत गर्नेछ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...