प्रचारप्रसारकाे अन्तिम दिन, राना बिहानैदेखि मतदाता भेटघाटमा व्यस्त

cp new add
Nisharg hospital

१ मंसिर, धनगढी । आज राति १२ बजेदेखि माैन अवधि सुरू हुने भएकाले कैलालीमा उम्मेदवारहरू मतदाता रिझाउन अन्तिम दाैडधुपमा छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा पनि उम्मेदवारहरू बिहीबार बिहानैदेखि मतदाता भेटघाटमा सक्रिय भएका छन् । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नारदमुनि राना पनि मतदाता भेटघाटमा निस्किएका छन् ।
एमालेका पाेलिटब्युराे सदस्य तथा कैलाली इन्चार्ज समेत रहेका रानाले बिहान ५ बजेदेखि मतदाता भेटघाट गरिरहेका छन् । रानाले राष्ट्रिय स्वाधीनता, विकास र समृद्धि तथा अघिल्लो कार्यकालमा थालनी गरेका कामलाई पूर्णता दिन आफूलाई जिताउन मत मागिरहेका छन् ।
सत्तारूढ गठबन्धनका डिल्लीराज पन्तलाई मुख्य प्रतिस्पर्धी ठानेका राना असन्तुष्टिकाे फाइदा उठाउदै तेस्रो पटक संसदकाे यात्रा तय गर्ने दाउमा छन् । मतदाताकाे उत्साहजनक साथ पाइरहेकाे बताउने राना आफ्नो जित सुनिश्चित भएकाे दाबी गर्छन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...