मैले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

cp new add
Nisharg hospital

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आठवटा युद्ध अन्त्य गराएकाले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका छन्। बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले विश्वका विभिन्न द्वन्द्व अन्त्य गर्न भूमिका खेलेको दाबी गर्दै नोबेल पुरस्कारका लागि आफू योग्य रहेको बताएका हुन्।

‘मैले आठवटा युद्ध अन्त्य गरेँ। अरू कुनै राष्ट्रपतिले यस्तो गरेका छैनन्,’ ट्रम्पले भने। उनले आफूले लाखौँ मानिसको ज्यान जोगाएको र विश्वलाई ठूलो विनाशबाट बचाएको दाबीसमेत गरे। यस वर्षको नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा हुँदैछ। पुरस्कार कसलाई दिइने हो भन्नेबारे आफूलाई थाहा नभएको बताउँदै ट्रम्पले नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिन सक्ने आशंकासमेत व्यक्त गरे।

ट्रम्पले आफूले दोस्रो कार्यकाल सुरु गरेयता विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वमा मध्यस्थता गरेको र युद्ध रोक्न व्यापार तथा भन्सार शुल्कलाई दबाबको माध्यमका रूपमा प्रयोग गरेको बताउँदै आएका छन्।

यसअघि सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो पुरस्कारको पदक ट्रम्पलाई हस्तान्तरण गरेकी थिइन्। ट्रम्पले त्यसलाई आफूले अप्रत्यक्ष रूपमा सम्मान पाएको रूपमा उल्लेख गर्दै आएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...