स्कुल बस दुर्घटना, ठुलो क्षतिको आशंका प्रेसपत्र प्रकाशित २०८३ आश्विन २३, शुक्रबार ०८:२७ पोखरा । पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो । कालिका स्थित ओख्लेको भिरबाट बस पल्टिएको बताइएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।