जंगलमा लुकाइएका १८ नाल भरुवा बन्दुक बरामद

cp new add
Nisharg hospital

सुर्खेत । सुर्खेतका दुई स्थानीय तहका तीन स्थानमा जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बाबियाचौर र मातहतका टोलीले चौकुने गाउँपालिका–७ सान्नेघारीको जंगलबाट पाँच नाल र चौकुने गाउँपालिका–१ धामिसेनको जंगलबाट १२ नाल भरुवा बन्दुक बरामद गरेको हो।

त्यस्तै, प्रहरी चौकी रानीघाटको टोलीले बराहताल गाउँपालिका–१ ज्यामिरेको जंगलबाट एक नाल बन्दुक फेला पारेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो। बरामद बन्दुक कसले, के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...