कैलालीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ३ जना घाइते

cp new add
Nisharg hospital

धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–१ बदरियामा मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
प्रहरीअनुसार अर्जुन डगौराले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१० प १९१६ नम्बरको मोटरसाइकलले मैनापोखरीतर्फ जाँदै गरेको साइकललाई पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनामा साइकलयात्री २६ वर्षीय किसन डगौरा घाइते भएका छन्। उनको दुवै खुट्टा, मुख र टाउकोमा चोट लागेको छ। घाइते किसनको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनामा मोटरसाइकल चालकसहितका दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको छ।

दुर्घटनामा घाइते भएका तीनै जनाको पहिचान, चोटपटकको विस्तृत विवरण र घटनाको थप विवरण भने पुष्टि हुन बाँकी छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...