
१ मंसिर, धनगढी । डोटीमा जिप दुर्घटना भएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा निर्वाचन सामाग्री बोकेको बा २ झ २२३५ नम्बरको जिप बिहीबार दुर्घटना भएको हो ।
दुर्घटनामा मतदान अधिकृत दिनेश रैखोला सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाले सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जिप बडिकेदार गाउँपालिका वडा नम्बर ५ मार्काेट स्थित मतदान केन्द्र गइरहेको बताए ।
कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको जिपको ब्रेकफेल भएपछि बिहिबार बिहान साढे ११ बजे दुर्घटना भएको हो ।

