
१ मंसिर धनगढी । ऋषि धमलाले चलाउँदै आएको चुनावी टेलिभिजन कार्यक्रममा सहभागी भएका युवाहरुबीच हात हालाहाल भएको छ ।
बिहीबार डडेल्धुरा सदरमुकाममा भएको चुनावी टेलिभिजन कार्यक्रम खिच्ने क्रममा युवाहरुबीच माइक खोसाखोस र हात हालाहाल भएको हो ।
स्वतन्त्र उम्मेदवार सागर ढकालसहित दलका ठूला उम्मेदवार पनि सहभागी भएको सो कार्यक्रममा उम्मेदवारलाई प्रश्न सोधिरहँदा सबैको पालो नआएको भन्दै युवाहरुले होहल्ला गरेका थिए ।
सोही क्रममा केही युवाले माइक पनि फालिदिए । त्यसपछि धकेलाधकेल हुँदै हात हालाहालसम्मको अवस्था पुगेपछि प्रहरीले हस्तक्षेप पनि गर्नुपरेको थियो ।

